पोखरामा आफ्नै श्रीमतीको हत्या आरोपमा कुँवर पक्राउ
पाेखरा | भदौ २६, २०८१
पाेखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका ८ बगालेटोलमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा अन्दाजी ४२ वर्षीय जहर कुँवर रहेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई पोखरा–८ बगालेटोल बस्ने अन्दाजी ४२ वर्षीय कुँवरले अन्दाजी ४० वर्षीया राधिका कुँवरलाई धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा हत्याको कारण भने घरायसी विवाद देखिएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीले हत्या आरोपी कुँवरलाई नियन्त्रणमा लिई लैजाने क्रममा स्थानीयहरुले कुटपिटको प्रयास गरेका थिए ।
उनीहरुको एक छोरा रहेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

